पहिलो देश प्रेम को अनुभूति

पहिलो देश प्रेम को अनुभूति

जीवन मा पहिलो पटक मातृभूमि को कति माया लाग्दो रहिछ भन्ने अनुभूति भयो १२ बैसाखमा | आफ्नो देश बिपत्तिमा पर्दा आफ्ना नेपाली दाजु भाई, दिदीबहिनी को चित्कार सुन्दा मा आफु मरे तुलल्य भए को आब्हान भयो |
त्यो दिन को भुकम्प र तेस्को परिणाम ले कति मौन बनायो जीवन लाग्न थाल्यो यो संसार नै रोकियो | बेलायेत बसेर यो खबर सुन्दा र हेर्र्दा झन् पिडा भयो, देश बाट टाडा बस्नु को पिडा यो समय अनुभब भयो | न भोक न प्यास न निन्द्रा हरेक पल मेरो आत्मा मेरो देश मै पुगी राखे को थियो, अब के हुन्छ होला के भए को हो यो भनेर म रुमलिए को थिए | हरेक बिहानी सुन्ने हुन्थ्यो सुर्य को उज्यालो त भयो तर मेरो मातृभूमि भुकम्प को अध्यारो मा छटपटी राखे को छ | यो खबर नराम्रो सपना भए हुन्थ्यो भन्ने विचार आउथ्यो तर बिडम्बना त्यो सबै साचो थ्यो सबै घटे को थियो त्यो चित्कार त्यो बिभत्स सबै कटू सथ्य थियो |

बिहान उठ्दा उठ्दै यो खबर पाए को थिए शनिबार को दिन एक्कै छिन् मा सुने लौ धरहरा पनि ढल्यो रे | धरहरा त मेरो नेपाल को नाक थियो, नाक बिना को मेरो मातृभूमि कस्तो हुने हो भन्ने कल्पना पनि गर्न सकिन तेस्को लगतै अरु हाम्रो ऐतिहासिक धरोहर पनि ढल्यो भन्दा मन बाट ज्वाला मुखी नै फुटेको भान भयो | तेती बेला सम्म मेरो बुवा आमा संग कुरा हुन पाएको थिएन | साच्चि भन्नु पर्दा बुबा आमा को भन्दा नेपाल को माया ले मलाई सताई राखे को थियो | म तेही रोदन मा रुमलिए को थिए अनेक खबर हरु सुनेर हेरेर मेरो मन मा पनि भुकम्प आइ राखे को थियो | के गरु कसलाई भनु लौ मेरो नेपाल आमा को अंग एक पछि अर्को गर्दै झर्दै गयो, हे भगवान के यो बिपत्ति आई लग्यो के भयो यो भन्दै भिजे को आँखा र टुक्रिए को मन ले म टोलाही रहे | बुवा आमा र आफन्त सबै सकुशल हुनु हुन्छ भन्ने खबर पाए तर यो मनको भुकम्प थामिएन हरेक पल पिडा बढ्दै गयो | कति को ज्यान गयो कति को घरबार बिहिन भए कति ले आफ्नो आफन्त गुमाए कति अनाथ भए यो सम्झेर कहाली लग्यो| मेरो मातृभूमि मात्रीभुमि लाइ लागेको हरेक धक्का मेरो मन्मा पनि लग्यो, पिडा बढ्दै गयो बढ्दै गयो |

अर्कोथर्फ, नेपालीहरु को एकता देखेर मन खुसि भयो, अझै पनि नेपाल आमा को सपुत हरु छन् केहि कपुत ले देश बिगारे तर अझै नया रगत मा केही तातो पन् महसुस गरे | १८ दिन पछि को अर्को ठुलो धक्का ले फेरि उज्यालो तिर गैरहे को हात हरु लाइ हल्लायो परी अरु जीवन हरु चुडियो अरु हरु थप्यो यो मन मा अझै ढ्यांग्रो फुकी रहयो | धक्का हरु अझै आउन छोडे का छैनन् मान्छे को त्रास बढ्दै गए को छ, एस्तो बिपत को बेलामा अवसरबादी हात हरु पनि उठी राखेको देखिन्छ|

तर, आशा छ अब मेरो देश लाइ अरु बिपत्ति देख्न र सहन नपरोश, देश बाट धेरै समय सम्म बाहिर बसे पछि माया बिर्सिछन् भन्ने सुने को थिए तर आज झन्डै १० बर्श बाहिर बसेर झन् बडी धेरै माया लाग्ने पो रहिछ भन्ने अनुभूति गरे |

Zeal Sharma

Leave a Reply